आज नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ बाँडफाँड हुँदै कतिको भागमा पर्ला ?

बुधबार, २० मंसिर २०८०, ०८ : ०७

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार आज बुधबार बिहान १० बजे आइपीओ बाँडफाँड गर्ने भएको हो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन माग भन्दा ११.९५ गुणा बढी आवेदन हो।

यता, नेपाल वेयरहाउजिङको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

जस अनुसार १ लाख ६४ हजार १२५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ४३ हजार ६३१ जनाको भने हात खाली हुनेछ ।  कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । 

बुधबार, २० मंसिर २०८०, ०८ : ०७

प्रतिक्रिया