न्यूरोडस्थित सुन पसलबाट करिब ८ किलो अवैध सुन बरामद

थप अनुसन्धान जारी

बुधबार, २० मंसिर २०८०, १२ : ३२

काठमाडौँ- राजधानी काठमाण्डौको मुटुमा रहेको न्यूरोडस्थित एउटा सुन पसलबाट प्रहरीले करिब ८ किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८००ग्राम सुन बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई सुनसहित पक्राउ गरिएको  छ।


बरामद सुन मध्ये केहि गहन र ढिक्का रहेको बताइएको छ ।प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । यसअघि प्रहरीले साउन ३  गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । 

बुधबार, २० मंसिर २०८०, १२ : ३२

प्रतिक्रिया