काठमाडौँ - कारोबारको चौथो दिन अर्थात बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ३.३३ अंकले बढेर १८४१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज नेप्सेमा कारोबार भएको २९३ कम्पनीको ३७ लाख ५५ हजार १२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै ८ वटा उपसूचकमा हरियाली छाएको छ ।
आज सिंगटी हाइड्रोको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ । त्यसैगरी, सनराइज ब्ल्यूचिप फण्डको ५.७३ प्रतिशत, हिमालयन बैंक डिबेञ्चरको ५.६६ प्रतिशत, सबैको लघुवित्तको को ४.९८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया