काठमाडौँ- माननिय गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौँमा भर्ना हुनुभई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहनु भएकोमा वहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा आज मिति २०८०र०८र२४ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूको उपचारमा संलग्न हुनु भएका डा। अरुण मास्के सहितको चिकित्सक टोली, नर्सहरु र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक लगायत अस्पताल परिवारप्रति मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया