दोहोरो अंकले बढ्यो नेप्से, अन्य उपसुचक कस्तो ?

मंगलबार, २६ मंसिर २०८०, १५ : १७

काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार ३६.८६ अंकले बढेर १९८५ को विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्लो दिन सोमबार निक्कै नै उतारचढावका बीच सेयर बजारमा गिरावट आएको थियो ।

आज नेप्सेमा कारोबार भएको २९७ कम्पनीको १ करोड २४ करोड ६३ लाख १६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजारको कारोबार भएको छ । बजारमा बढोत्तरी आएसँगै सबै उपसूचकमा मात्र हरियाली छाएको छ ।

आज सेयर बजारमा बढोत्तरी आउँदा बोटलर्स नेपाल (बालाजु) सहित आठ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

मंगलबार, २६ मंसिर २०८०, १५ : १७

प्रतिक्रिया