काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर २७ गते अन्तिम दिन रहेको छ।
कम्पनीले भोलि ९मंसिर २८ गते० बुक क्लोज गर्दैछन् । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
मितेरी डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्दैछ। लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै नेपाल इन्स्योरेन्सले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया