काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर नेप्सेमा बुधबारबाट सूचीकृत भएको छ । बुधबार कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।
सोही कारण आजदेखि दोश्रो बजारमा मुक्तिनाथ कृषि कम्पनीको किनबेच सुरुहुने छ । जसको लागि नेप्सेले प्रतिकित्ता सेयर न्यूनतम ७६.८१ रुपैयाँदेखि अधिकतम २३०.४३ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ ।
यससँगै बजारमा कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । जसको स्टक सिम्बोल भने ‘एमकेसीएल’ दिइएको छ । यससँगै कम्पनीले सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल मार्फत प्रदान गर्ने जनाएको छ ।
प्रतिक्रिया