काठमाडौँ । बुद्धभुमि हाइड्रोपावरले हकप्रद शेयर निष्कासनको प्रस्तावसहित १५ औँ साधारण सभा डाकेको छ।
कम्पनीले पुस २० गते शुक्रवार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी काठमाडौँमा बिहान ११ बजेदेखि सभा बोलाएको हो। कम्पनीले सभामा चुक्ता पुँजीको १५० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव अघि सारेको छ।
कम्पनीले सभामा हाल कायम पुँजीको संरचना संशोधन गर्ने, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने तथा संस्थापक शेयर धनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।
प्रतिक्रिया