न्यायिक सुशासन कामय गर्न काठमाडौँ महानगरपालिकाले खुड्किलो पार गरेको छ :उपप्रमुख डंगोल

शुक्रबार, २९ मंसिर २०८०, ११ : ०८

काठमाडौँ- न्यायिक सुशासन कामय गर्न काठमाडौँ महानगरपालिकाले खुड्किलो पार गरेको दाबी गरेको छ । २९ औं महानगर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोलले न्यायीक सुशासनमा खुट्किलो पार गरेको दाबी गरेकी हुन् ।

महानगरपालिकाले निःशुल्क कानुनी सेवा तथा मेलमिलाप सेवा दिएको र सेवाबाट महानगरवासी खुशी भएको उनले जिकिर गरिन् । यस्तै उनले अनधिकृत संरचना हटाउने, स्वरोजगारीका लागि श्रम बैंक स्थापना भएको, डिजिटल नक्सा पास लगायत विषयमा उपलब्धी भएको बताइन् ।


विगतको लोकप्रीय कार्यक्रमलाई निरन्तरता दिएको, सहरी सुशासनमा प्राथमिकता दिएको उनले बताइन् । यस्तै पारदर्शी शासन प्रशासनबाट निर्देशीत भएको भन्दै उनले चालु आबको नीति तथा कार्यत्रम र बजेट त्यही अनुसार आएको बताइन् ।

शुक्रबार, २९ मंसिर २०८०, ११ : ०८

प्रतिक्रिया