काठमाडौं । चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
नगरपालिकाको सुविधासम्पन्न भवनको शुक्रबार उदघाट्न भएको छ । चाँंगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ रुपैयाँमा उक्त भवन निर्माण भएको हो।
नवनिर्मित भवनको उदघाट्न गर्दै नगरप्रमुख जीवन खत्रीले नगरको विकासमा विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । खत्रीले नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने बताए ।
नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले तीन करोड र केन्द्र सरकारबाट सात करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो । अपुग रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको पालीकाले जनाएको छ ।
प्रतिक्रिया