सुर्तीजन्य पदार्थ बिक्री फुकुवा गर्न उच्च अदालतको अन्तरिम आदेश

शनिबार, ३० मंसिर २०८०, ०९ : ३८

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरले लगाएको सुर्तीजन्य पदार्थ बेचबिखन प्रतिबन्ध फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएपछि श्रीराम टोवागो उद्योग लगायत कम्पनीले उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

 सोही रिटउपर न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।  निवेदकहरुले रितपूर्वक उद्योग सञ्चालन गरी कर तथा राजश्वसमेत नियमित तिर्दै आएको र प्रतिबन्धले कानून बमोजिम सञ्चालन हुँदै आएका उद्योग व्यवसायमा प्रतिकुल असर परी अपुरणीय क्षति हुने अवस्था देखिएको हुँदा रिट निवेदनको टुङ्गो नलागेसम्म प्रतिबन्धको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

इजलासले २०८१ वैशाख १ देखि सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुले नीतिगत व्यवस्था बमोजिम अनिवार्य रुपमा जैविक रुपमा सडेर जाने बायो डिग्रेडेबल जैविक वस्तुमा आफ्ना उत्पादनको प्याकिङको गर्न थप लगानी र तयारी गरिरहेको उल्लेख गरेको छ । 

शनिबार, ३० मंसिर २०८०, ०९ : ३८

प्रतिक्रिया