घलेम्दी हाईड्रोको हकप्रदमा आवेदन दिने म्याद बढाइयो, अब कहिलेसम्म पाइन्छ ?

आइतबार, ०१ पुस २०८०, ०७ : ३२

काठमाडौं। घलेम्दी हाईड्रो लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद लम्बिएको छ । 

कम्पनीले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा म्याद लम्बिएसँगै अब पुस १६ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।

मंसिर ३० गते शनिबार साँझ ५ः०८ बजेसम्म कम्पनीको हकप्रद शेयरमा ४६ लाख १७ हजार ६३२ कित्ता शेयरका लागि आवेदन परेको छ । सो शेयरमा पर्याप्त आवेदन नपरेपछि निष्काशनको मिति लम्बिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
 

आइतबार, ०१ पुस २०८०, ०७ : ३२

प्रतिक्रिया