नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा, आवेदन कहाँ दिने ?

आइतबार, ०१ पुस २०८०, ०८ : २०

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिनेछ। 

कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। 

खरिदकर्ताले न्यूनतम ५० हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर सङ्ख्याको लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर सङ्ख्या र सोको मूल्य कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौँमा पुस ६ गतेसम्म आवेदन दिनुपर्नेछ ।

आइतबार, ०१ पुस २०८०, ०८ : २०

प्रतिक्रिया