वडासदस्य जीवलाल लुइँटेलको मृत्यु

आइतबार, ०१ पुस २०८०, ०८ : २९

काठमाडौं। मोटरसाईक दुर्घटनामा नेपाली काङ्ग्रेसबाट वडा सदस्य निर्वाचित भएका माडी–२ का वडा सदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो। माडी नगरपालिका–१ स्थित गर्दिमा शनिवार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो । 

बाप्र-३०४ प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्याक्टरले ठक्कर दिएको थियो ।  ठक्कर दिने ट्र्याक्टर भएको अनुमान गरिएको र केही ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए ।

आइतबार, ०१ पुस २०८०, ०८ : २९

प्रतिक्रिया