सामाजिक सुरक्षा कोषमा १८ हजार बढि सुचिकृत

आइतबार, ०१ पुस २०८०, ११ : ४५

काठमाडौँ- कोही पनि श्रमिकको जिन्दगीभर आयको निरन्तरताको निश्चितता गर्ने कोष नै सामाजिक सुरक्षा कोष हो । यो संविधानमा आधारित रहेर स्थापना भएको एउटा कार्यक्रम पनि हो । जसमा औपचारीक तथा अनौपचारीक क्षेत्रमा काम गरिरहेका  सबै श्रमिकहरु आबद्ध हुन सक्छन् ।

विशेष गरी सरकारले बैंक ,सरकारी जागिर तथा अन्य ठूला कम्पनीमा काम गर्ने श्रमिकका लागि भन्दा उद्योग धन्दा,इटा भट्टा,गार्मेन्ट लगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरुका लागि ल्याएको कार्यक्रम हो । तर बैंक तथा वित्तीय संस्था,अन्य विभिन्न कम्पनी लगायत सबै कम्पनी तथा मजदुर हरु कोषमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने सामाजिक सुरक्षा कोष कार्यविधीमा (२०७७) मा उल्लेख छ ।

यस कोषमा श्रमिकले बैंक खातामा आफ्नो मासिक आम्दानीको ११ प्रतिशत जम्मा गर्नुपर्छ भने रोजगार दाताले २० प्रतिशत थपेर कुल ३१ प्रतिशत रकम प्रतिमहिना श्रमिकको खातामा संकलन गर्नुपर्छ । सामाजिक सुरक्षा कोषका सुचना अधिकारी उत्तमराज नेपालका अनुसार 'सामाजिक सुरक्षा कोषले पनि सञ्चय कोष तथा नागरिक लगानी कोषले जस्तै विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत ४ वटा सुविधाहरु रहेका छन् । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा बृद्धावस्था सुरक्षाको सुविधा लगायतका व्यवस्थाहरु रहेका छन् । कोषले यी व्यवस्थाहरुको कार्यान्वयन गर्ने काम गर्छ । कार्यान्वयनको पहिलो चरणमा रोजगारदाताहरु दर्ता हुने, उनीहरुले आफूसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकहरुको दर्ता गराउने काम हुन्छ । त्यसपछि योगदान रकम जम्मा गर्न कोषले सूचना जारी गर्छ । कोषको यस्तो सूचना जारी भएपछि रोजगारदाताहरुले कोषमा रकम जम्मा गर्ने काम गर्छन् । यी शर्तहरु पूरा भएपछि मात्रै श्रमिकहरुले सुविधा प्राप्त गर्न सक्छन् । कोषले श्रमिकका खातामा जम्मा भएको रकमको आधारमा उसलाई विभिन्न सुविधा दिँदै आएको छ ।'  उने भने 

आम श्रमिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु सामाजिक सुरक्षा कोषको मुख्य उद्येश्य हो । सरकारले विशेष गरी श्रमिकको योगदानमा आधारीत सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा रोजगारदातालाई सामाजिक सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।   सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम सरकारले यस कोषको स्थापना गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तर्जुमा भई कार्यन्वयनमा आएपश्चात् हाल सोही ऐन बमोजिम कोषले कार्य सञ्चालन गरिरहेको छ । त्यस्तै सामाजिक सुरक्षा कार्यविधी २०७५ अनुसार कोषले यसमा रहेका व्यवस्थाहरुको कार्यान्वयन गरिरहेको छ । 

उनका अनुसार हालसम्म १८ हजार ४ सय ९१ रोजगारदाता सूचीकृत भएका छन् । त्यस्तै, ९७ लाख ६ हजार ९ सय ५० जना योगदानकर्ता सुचीकृत भएका छन् ।  कोषले हालसम्म ४६०७.३९ करोड योगदान रकम संकलन गरिसकेको छ । त्यस्तै कोषले ६६४.९ करोड दाबी भुक्तानी गरिसकेको छ । भने औषधि उपचार, स्वास्थ्य तथा मातृत्वमा ७९.१७ करोड, दुर्घटना तथा अशक्तता सुरक्षामा ८.९८ करोड , आश्रित परिवार सुरक्षामा ११.०८ करोड र अवकाशमा ५६५.६७ करोड रकम दावी गरिसकेको छ ।

Capture

यस कोषमा जम्मा भएको रकम सरकार संग विशेष छलफल गरेर मात्र विभिन्न क्षेत्रमा परिचालन हुने गरेको छ भने कोषमा आवद्ध भएका श्रमिकहरुले आवश्यकता अनुसार सस्तो व्याजदरमा धितो राखेर वा बिना धितो सजिलै कर्जा पनी लिन मिल्ने व्यवस्था पनि रहेको कोषका सुचना अधिकारीले आजको अर्थलाई बताएका छन् । 

-निशा ढकाल

 

आइतबार, ०१ पुस २०८०, ११ : ४५

प्रतिक्रिया