आईपीओ निष्कासन गर्दै एक कम्पनी

आइतबार, ०१ पुस २०८०, १४ : ५९

काठमाडौँ - बिजनेश इन्ट्रेष्ट ग्रूप अफ ईण्ड्रष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

सोही प्रस्तावसहित कम्पनीले पुस २४ गते मंगलबार तेस्रो वार्षिक साधारण सभा बोलाएको हो । सभा यति इभेन्टस् बसुन्धरा, काठमाडौंमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा प्रवन्धपत्र र नियमावलीमा आवशयक संशोधनका लागि छलफल हुने छ। 
 
साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

 

आइतबार, ०१ पुस २०८०, १४ : ५९

प्रतिक्रिया