छात्रवृत्ति र दिवा खाजाका पैसा शिक्षकलाई तलब खुवाउन प्रयोग नगर्न केन्द्रको आग्रह

५ महिना अगाडि

काठमाडौँ - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति र दिवा खाजाका पैसा शिक्षकलाई तलब खुवाउन प्रयोग नगर्न आग्रह गरेको छ ।

छात्रवृत्ति र दिवा खाजाका लागि नेपाल सरकारले पठाएको रकमले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको गुनासो आएपछि त्यस्तो नगर्न भनेको हो । सःसर्त अनुदानका रूपमा सरकारले पठाएको बजेट स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार मात्रै खर्च गर्नुपर्ने केन्द्रको भनाई छ । तर, कतिपय विद्यालयमा उक्त पैसाबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाइएको गुनासो आएको केन्द्रले जनाएको छ ।

एक सूचना निकालेर उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै केन्द्रले छात्रवृत्ति र दिवा खाजा शीर्षकमा प्राप्त भएको रकम विनियोजित शीर्षकभन्दा बाहिर गई निजी स्रोतका शिक्षकहरूको पारिश्रमिकमा खर्च नगर्न भनेको हो ।

छात्रवृत्ति, दिवा खाजा र निःशुल्क पाठ्यपुस्तकलगायत विभिन्न शीर्षकभन्दा बाहिर गई त्यस्तो रकम शिक्षकलाई तलब भत्तामा भुक्तानी दिने कार्य कानुन र स्वीकृत आधार तथा मापदण्ड विपरीत हुने केन्द्रको भनाइ छ ।

५ महिना अगाडि

प्रतिक्रिया