काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले साधारण सभा डाकेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न होटलले साधारण सभा बोलाएको हो।
होटलले २७औँ साधारण सभा पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
जस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया