काठमाडौं । सरकारले आज सोमबार एक दिने शोक मनाउने भएको छ। कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने निर्णय भएको गृह मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
आइतबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णयमा कुवेतका अमिरको सम्मानमा सोमबार शोक मनाइने जानकारी गराएको हो।
मन्त्रालय अनुसार अनुसार सोमबार नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

प्रतिक्रिया