स्वर्गीय बुवाको नाममा छोरीले गरिन स्कुलमा छात्रवृति अक्षयकोष स्थापना

५ महिना अगाडि

काठमाडौं । मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थीत सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृति अक्षयकोष स्थापना भएको छ ।

स्कुलका संस्थापक स्व.मणिशंकर सेरेङ चोङबाङको छोरी उषा सिरेङ इधिङ्गोबाट ३ लाख १० हजारको अक्षयकोष स्थापना भएको हो।‘ मणिशंकर सिरेङ तथा डम्बरकुमारी फुदोङ अक्षयकोष’ नाम राखिएको यस कोषले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने विद्यालयले जनाएको छ ।

अक्षयकोषबारे मणिशंकर सिरेङचोङको शिक्षाप्रेमको कारण स्थापना गरिएको कोषदाता उषा सिरेङले जानकारी दिएकी थिइन् । त्यसैगरी पत्रकार देवेन्द्र खापुङले ३१ वर्षअगाडि मणिशंकर सिरेङलाई पढेको र ऐतिहासिक व्यक्ति भएपनि एकदमै ओझेलमा परेको बताएका थिए । उनको कृतिलाई संकलन गरेर पुनःप्रकाशन र जीवनीग्रन्थ प्रकाशन गर्नुपर्ने पत्रकार खापुङको जोड थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले मणिशंकर सिरेङचोङबाङको योगदानको चर्चा गरेका थिए । कोषको स्थापनाले विद्यार्थीहरूलाई प्रोत्साहन मिलेको बताउँदै यो कार्य शुरुवातमात्रै हुनसक्ने, भविष्यमा धेरै कोषहरू स्थापना हुने पनि प्रमुख अतिथि खापुङले बताए ।

कार्यक्रमको बिचमा नातिनातिनाद्वारा संकलित रकमद्वारा खरिद गरिएको टेबल कुर्सी पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । स्कुलको तर्फबाट कोष स्थापनाकर्ता उषा सिरेङलगायत सिमला सिरेङ, दिपबहादुर सिरेङ र राजेन्द्र सिरेङलाई सम्मान गरिएको थियो ।
 

५ महिना अगाडि

प्रतिक्रिया