इन्जिनियरिङ कलेजका विद्यार्थीलाई १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान

५ महिना अगाडि

काठमाडौं । नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका छन् । कलेजका विद्यार्थी विप्लव पनेरु र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका स्नातक चौथो वर्षका विद्यार्थी विश्व पनेरुले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका छन् । 

उनीहरूले ‘टेक्नो-इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सीओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इट्स एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि ११ हजार ८ सय ७५ डलरको अनुदान पाएका हुन्। युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका हुन्।

यसबाहेक अनुदान कार्यक्रमको एक भागको रूपमा विश्वास र उनको टोलीलाई अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सद्वारा एक हजार अमेरिकी डलरको प्रस्तावित दुई आवश्यक पाठ्यक्रमहरू प्रदान गरिएको छ।

यी पाठ्यक्रमहरूले केमिकल इन्जिनियरिङको क्षेत्रमा उनीहरूको ज्ञान र सीपलाई थप वृद्धि गर्ने अपेक्षा गरिएको छ।पाठ्यक्रमले जलवायु समाधानहरूमा योगदान पुर्‍याउन बहुमूल्य सीपहरू र अन्तरदृष्टिहरू प्रदान गर्नेछ। उनीहरूको परियोजना प्रतिवेदन चाँडै नै अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सको सस्टेनेबल एनर्जी कोर्प्सले आफ्नो अन्तर्राष्ट्रिय डाटाबेसमा प्रकाशित गर्ने बताइएको छ।

५ महिना अगाडि

प्रतिक्रिया