शाइन रेसुंगा बैंके ऋण विभागका कर्मचारीले गरे आत्महत्या

मंगलबार, ०३ पुस २०८०, ०८ : १३

काठमाडौं । बुटवलस्थित शाइन रेसुंगा बैंकका कर्मचारीले दिउँदो कार्यालय समयमै झुण्डिएर आत्महत्या गरेका छन् ।

 लुम्बिनी प्रदेशको राजधानी बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा बैंकको ऋण शाखामा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेका थिए । 

फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा हाल बुटवलको साइन रेसुङ्गा बैङ्कको कर्जा शाखामा कार्यरत थिए । प्रहरीले यस घटनाको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । 
 

मंगलबार, ०३ पुस २०८०, ०८ : १३

प्रतिक्रिया