काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २० औं वार्षिक साधारण बोलाएको छ । कम्पनीको पुस २५ गते बुधबार कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल काठमाडौँमा बिहान ११ बजेदेखि सभा सञ्चालन हुने जनाएको छ ।
उक्त सभाले कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सो सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया