नेप्सेमा छायो हरियाली, अन्य उपसुचक कस्तो ?

मंगलबार, ०३ पुस २०८०, १५ : १३

काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार ४५.९८ अंकले बढेर २१०६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ११३ कम्पनीको १ करोड ६४ करोड ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजारको कारोबार भएको छ । बजारमा बढोत्तरी आएसँगै १३ वटै उपसूचकमा हरियाली छाएको छ ।

आज सेयर बजारमा बढोत्तरी आउँदा बोटलर्स नेपाल (बालाजु) सहित ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट्सको भएको  छ। कम्पनीको ३७ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, दोस्रोमा सोल्टी होटल्सको २८ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सोनापुर आयल एन्ड मिनरल्सको १६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको  छ।

त्यस्तै  हाथवे इन्भेष्टमेन्ट नेपालको १४ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
 त्यस्तै घोराही सिमेन्टको १३ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन १२ ओटा अलग( अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल ९बालाजु०, मेरो माइक्रोफाइनान्स, उन्नति लघुवित्त वित्तीय संस्था,  शिवम् सिमेन्टस्, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट नेपाल,मीड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आइएमई ब्यालेन्स फन्ड रहेका छन् ।
 

यसैगरी, यो दिन सिद्धार्थ इन्भेष्टमेन्ट स्किमको इकाई ७।२६ प्रतिशतले घटेको छ।

त्यस्तै माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ४।९० प्रतिशतले घटेको  छ।

मंगलबार, ०३ पुस २०८०, १५ : १३

प्रतिक्रिया