मेलम्चीको पानी दैनिक १७ करोड लिटर काठमाडौँमा झर्ने

बुधबार, ०४ पुस २०८०, १२ : ३७

काठमाडौं – गत असार महिनादेखिमेलम्ची नआएपछि काठमाडौंवासी आन्दोलत भएका थिए । उक्त आन्दोलनका कारण मेलम्ची खानेपानी विकास समितिले २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौँमा झर्ने बताएको छ। समितिले २८ दिनको भाका मागेको छ ।

एक विज्ञप्ति जारी गर्दै विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले अब दुई सिफ्टमा काम गराएर २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौँमा झर्ने बताएका छन् ।

प्रवक्ता पन्तले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको विकास समितिको बोर्ड बैठकले निर्माण व्यवसायीसँग समझदारी बनाएको र हस्ताक्षर समेत गरिसकेको भन्दै अब २८ दिनमा आयोजनाको तत्कालै गर्नुपर्ने काम सम्पन्न हुने र पानी आउने बताएका छन् ।

प्रवक्ता पन्तका अनुसार। ‘तत्काल निर्माण व्यवसायीलाई साइडमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको छ । निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ,’ 
प्रवक्ता पन्त भन्छन, ‘सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार जनशक्ति परिचालन गरी पानी पथान्तरणको काम हुनेछ ।’

यसरी पथान्तरणपछि मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध हुने समितिले जनाएको छ ।

 

बुधबार, ०४ पुस २०८०, १२ : ३७

प्रतिक्रिया