काठमाडौं - कारोबारको चौथो आज दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज दिन बजार ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजारको कारोबार भएको छ । बजारमा बढोत्तरी आएसँगै ११ वटा उपसूचकमा हरियाली छाएको छ ।

आज सेयर बजारमा बढोत्तरी आउँदा सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ३७ करोड २४ लाख ९७ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको २४ करोड ५३ लाख ७७ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै आज सोनापुर मिनरल्सको २० करोड १५ लाख २४ हजार रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको प्रमोटर सेयरको १८ करोड १३ लाख २३ हजार रुपैयाँ र नेपाल एन्फास्टक्चर बैकको १७ करोड ५४ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सेयर बजारमा बढोत्तरी आउँदा बोटलर्स नेपाल (बालाजु), यूनिलिभर नेपाल, हिमालयन डिस्टीलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएएन एन्फ्राएक्स्ट्रक्चर, लिवट्री इनर्जी, यूनाइटेड इदिमार्दी, बलेफी हाइड्रोपावरसहित १५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया