यूएई बाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला

बुधबार, ०४ पुस २०८०, १६ : २२

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । 

बुधवार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जानकारी दिए । 

नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । घटनाको प्रकृति हेर्दा ‘मिस्ड क्यारेज’ भएको जस्तो देखिएको र सोही विमानमा आएकी एक महिला अस्वस्थ छिन् । उनलाई अस्पताल पठाइएको बताइएको छ । 
 

बुधबार, ०४ पुस २०८०, १६ : २२

प्रतिक्रिया