नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ नेप्सेमा सुचीकृत

बुधबार, ०४ पुस २०८०, १६ : ३३

काठमाडौं- नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ नेप्सेमा सुचीकृत भएको छ ।

 नेप्सेले उक्त कम्पनीको प्रारम्भिक कारोबारका लागि ९३।०४ रुपैयाँ देखि २७९.१२ रुपैयाँ रेञ्ज किटान गरेको छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल वेयरहाउजिङ्ग कम्पनीबीच एक सय अङ्कित मूल्यका ६८ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

कम्पनीको कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको १३ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५५ लाख कित्ता गरी कुल ६८ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकरण गरिएको हो ।


आइपिओ नेप्सेमा सुचीकृत भएसँगै भोलीबाट उक्त कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीको सेयर ल्ध्ऋी संकेतबाट दोस्रो बजारमा कारोबार हुनेछ ।

बुधबार, ०४ पुस २०८०, १६ : ३३

प्रतिक्रिया