काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडद्वारा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ।
बुधबार आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वजजोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
६ करोड ६० लाख शेयर पुँजी बराबरको सय अंकित दरको ६,६०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई विक्री गर्ने प्रभु हेलिकप्टर नेपालको पूँजीबजारमा पहिलो हेलिकप्टर कम्पनी हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया