काठमाडौं। अपर ताकाकोशी हाइड्रोपावर लिमिटेडले शिलबन्दी बोलपत्रद्वारा हकप्रद शेयर विक्री गर्न लागेको छ ।
अपर तामाकोशीले पुस १३ गते शुक्रबारदेखि २९ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति तोकेको छ । यसअघि भदौ १८ गतेदेखि असोज २२ गतेसम्म विक्री खुल्ला गरी आवेदन माग गरेको थियो ।
सोही मध्यमा सर्वसाधारण समूहतर्फ एक करोड ७० लाख १९ हजार ५३० कित्ता शेयरका लागि आवेदन नपरेका कारण धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका बमोजिम शेयर लिलाम बढाबढ गरी विक्री गर्न लागिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया