पाँच चिनियाँ जहाज कबाडीमा बेच्ने तयारी

विहीबार, ०५ पुस २०८०, १० : ००

काठमाडौं – सरकारले प्राविधिक रुपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कबाडीमा बेच्ने तयारी गरेको छ ।  
नेपाल वायुसेवा निगमद्वारा आज प्रकाशित टेन्डर आह्वानमा दुई एमए–६० र तीन वाई १२ ई जहाज अहिले जे जस्तो अवस्थामा छन् त्यही अवस्थामा खरिद गर्न फेब्रुअरी ४ सम्ममा निगमको काठमाडौं कान्तिपथस्थित कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ। 

chinese-plane_ldIpS31g26

 चीनबाट ल्याइएका ती जहाजहरु हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड अवस्थामा रहेका छन्। तत्कालीन सरकारले निगमको लागि दुर्गम क्षेत्र र क्षेत्रीय विमानस्थलहरुमा उड्ने ६ जहाज चीनबाट भित्र्याउने भनी वि.सं. २०६९ मंसिर १० गते निर्णय गरेको थियो।

विहीबार, ०५ पुस २०८०, १० : ००

प्रतिक्रिया