डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छःअर्थमन्त्री महत

शनिबार, ०७ पुस २०८०, १५ : ५५

काठमाडौँ - अर्थमन्त्री डा.प्रकाशशरण महतले डिजिटल प्लेटफर्मले सबैलाई सम्मान अवसर दिएको बताएका छन् । सिआइएन यूथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा।महतले डिजिटल प्लेटफर्मले व्यवसायसहित सबै क्षेत्रमा अवसर सृजना गरेको बताएका हुन् ।अर्थमन्त्री डा.महतले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्याउन सक्ने बताए । उनका अनुसार डिजिटल प्लेटफर्मले न्यून खर्चमा आम्दानी बढाउन सक्ने अवसर समेत सृजना भइरहेको छ । 
 
‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरू सहज महसुस गर्छन् । त्यसैले सरकारले आइटी नीति बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगिएको छ’ मन्त्री डा।महतले भने, ‘५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौँ ।’ फड्को मारिरहेको व्यवसायले र नेपाल बाहिर पनि सुरुवात गर्न चाहनेलाई समेत सरकारले प्रोत्साहनको नीति लिएको डा.महतले बताए ।

 राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा।महतले बताए । मन्त्री महतका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आइटी नीति अझ सहज हुने जानकारी दिनुहुँदै मन्त्री डा.महतले भने, ‘नेपाली युवाहरूलाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।’ ‘झन्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो । १२ कक्षापछि विदेश जाने चलन छ, तिनीहरूलाई रोक्नुपर्छ । हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ,’ डा। महत भन्छन्, ‘तर त्यो सबैका लागि हुँदैन’

शनिबार, ०७ पुस २०८०, १५ : ५५

प्रतिक्रिया