भिसी बिदाई हुँदै गर्दा विश्वविद्यालयमा बबण्डर

आइतबार, ०८ पुस २०८०, ०९ : ४५

काठमाडौं – मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अहिले तालाबन्दी छ । कर्मचारीहरु बाहिरै घाम तापेर बस्छन् । विभिन्न माग राखेर कहिले विद्यार्थी त कहिले प्राध्यापकहरुले तालाबन्दी गर्ने गरेकोमा यसपट कर्मचारहरु पनि थपिएका छन् । 
विश्विद्यालयमा पछिल्ला दिनमा भएका घटनाक्रमप्रति त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री तथा कुलपति कार्यालयले यथावत अवस्थामा कुनै पनि विज्ञापनहरु कार्यान्वयन नगर्नु भनेर गरेको परिपत्रलाई लत्याएर उपकूलपति नन्द बहादुर सिंहले मनोमानी रुपले प्राध्यापक तथा कर्मचारीहरु भर्ती गरेको भन्दै संयुक्त विज्ञप्ति निकालेर त्यसको विरोध गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघ र एकीकृत प्रगतिशील  प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रश्नपत्र आउट भएको विषयमा उच्चस्तरीय छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुको साथै एकलौटी ढंगले गरिएका  निर्णयहरु तत्काल सच्याउन माग गरेका छन् । प्राध्यापकहरु संगै विश्वविद्यालयमा कार्यरत  कर्मचारी संगठनहरुले पनि निर्णय नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।विज्ञप्तिमा अगाडि भनिएको छ, विश्विद्यालयको शैक्षिक संस्थागत नमूना तथा सम्बन्धन सम्बन्धि कार्यविधि २०७९ को नियम ४,५ र ७ विपरित कुनै एउटा निजी संस्थालाई विश्वविद्यालयमा सञचालनमा नै नरहेका कार्यक्रमको सम्बन्धन दिनका लागि विश्वविद्यालयका पदाधिकारीद्वारा गलत क्रियाकालापले गर्दा विशविद्यालयका गरिमा तथा दैनिक प्रशासनिक क्रियाकलापमा समस्या आइरहेको अवस्था विद्यमान छ । यस विषयमा रजिष्ट्रार नारायणप्रसाद पौडेलसित सम्पर्क गर्दा उनले प्राध्यापक र कर्मचारीहरुले लगाएका आरोपमा सत्यता नभएको बताए । उनले भने– कुनै एउटा संस्थाले सम्बन्धनको लागि निवेदन दिंदैमा निर्णय भैहाल्छ भन्ने छैन ।   412826114_6955195857867854_1306734894718964368_n

  

आइतबार, ०८ पुस २०८०, ०९ : ४५

प्रतिक्रिया