भक्तपुरमा योमरी पून्हीका अवसरमा म्युजिक फेस्टिवल हुने

मंगलबार, १० पुस २०८०, ०८ : २७

काठमाडौँ । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिभल हुने भएको छ। सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिभल २०८० सञ्चालन हुने भएको हो ।

भक्तपुरको खौमा स्थित ख्वप क्षेंंमा योमरी पून्हीको दिन म्युजिक फेस्टिभल हुने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहौल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिभल हुन लागेको हो । 

यस किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो पटक भएको आयोजकको भनाई छ । योमरी पून्हीको दिन साँझ ४ बजे देखि कार्यक्रम सुरु गरिने र आगामी वर्षहरूमा निरन्तर रूपमा यस कार्यक्रम अगाडि लैजाने आयोजकको भनाई छ । 
 

music-frestival-1

मंगलबार, १० पुस २०८०, ०८ : २७

प्रतिक्रिया