प्रवास पार्टी कार्यालयमा माओको संझना

मंगलबार, १० पुस २०८०, १४ : ५२

काठमाडौं – आज २६ डिसेम्बर । जनवादी गणतन्त्र चीनका निर्माता माओत्सेतुङ्को १३१ औं जन्म जयन्ती । माओकै नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भएको थियो । माओ जयन्तीको अवसरमा नेकपा (माओवादी केन्द्र) प्रवास कमिटीद्वारा कुपण्डोलस्थित पार्टी कार्यालयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । कमिटीका अध्यक्ष ओम शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रवास कमिटीका सह इन्चार्ज लक्षमण पन्तले माओको दर्शन, सिद्धान्त र क्रान्तिमा महत्वपूर्ण योदान भएको चर्चा गरे । उनले माओवादीले नै माओलाई बिर्सेकोमा चिन्ता व्यक्त गरे । उक्त कार्यक्रममा चीनमा उच्च शिक्षा अध्ययन गरी फर्केका मुक्ति मरासिनीले चीनको विकासमा माओको योगदानको चर्चा गर्दै त्यहाँ बस्दाका अनुभवहरु प्रस्तुत गरे । कार्यक्रममा आजको अर्थ डट कमका सम्पादक कमलेश डि.सी. ले माओको विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेको बताए । उक्त अवसरमा माओवादी नेता टि.बि. पाठक, मनऋषि धिताल, दीपक सावद लगायतले माओको योगदानको बारेमा प्रकाश पारेका थिए ।   

IMG-20231226-WA0011
दिर्घकालीन जनयुद्ध र छापारमार क्रान्तिको सिद्धान्त, सर्वहारा सांस्कृतिक क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार, चिनीयाँ समाजमा वर्गहरुको विश्लेषण जस्ता कुराहरु माओका मौलिक सिद्धान्तहरु हुन् । चिनमा क्रान्तिको सफल प्रयोग गरेका माओलाई विश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरुले आदर्श मान्दै आएका छन् । उनका सिद्धान्तहरुलाई माओवादका रुपमा नेपाल लगायत अन्य मुलुकका कम्युनिष्ट पार्टीहरुले स्विकार गदै आएका छन् ।  

मंगलबार, १० पुस २०८०, १४ : ५२

प्रतिक्रिया