बजेट निर्माणको परिपाटी नै परिमार्जनः प्रधानमन्त्री

मंगलबार, १० पुस २०८०, १७ : ५१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजीगत खर्चमा ठूलो समस्या रहेकाले त्यसमा ओभरहाउलिङ गर्ने बताएका छन् ।राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पुँजीगत खर्चका कारण देशको विकास प्रक्रिया नै प्रभावित भएको भन्दै उनले यस्तो यसको परिपाटी नै बदल्ने बताएका हुन् ।

जनप्रतिनिधि र आम जनताको सुझाव लिने र त्यसका अधारमा बजेट निर्माण गर्ने प्रणालीको विकास गर्न खोजेको उनले बताए ।

‘बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै प्रस्तुत गर्ने र त्यसमा आएका सुझावकाआधारमा सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने प्रणाली विकास गर्नेछौं,’ उनले भने ।

मंगलबार, १० पुस २०८०, १७ : ५१

प्रतिक्रिया