काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज तय गरेको थियो ।
अर्थात पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयर धनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्। पुस १३ शुक्रवार, १३ शनिवार र आइतबार १३ गते सरकारी बिदा परेको हुँदा आज सम्म कारोबार हुनेले मात्र कम्पनीले घोषणा गरेको लाभासं पाउने कम्पनीको जानकारी छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गर्दै साधारण सभा बोलाएको छ। कम्पनीले पुस २८ गते बिहान ९ बजे आफ्नो तेस्रो वार्षिक साधारण सभा दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा सभा बोलाएको हो।
सभाले लाभांश पारित गर्नुका साथै बोनस सेयर वितरणमा हुने खण्डित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत् राख्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै साधारण सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभूत शेयर धनीहरू वा सञ्चालक सबद्ध रहेको संस्था कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण सेयर धनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू रहेका छन्।
प्रतिक्रिया