पुराना पत्रकार अष्टमान किसीको निधन

विहीबार, १२ पुस २०८०, १८ : ३८

काठमाडौँ - नेपाल पत्रकार महासंघ ललितपुर शाखाका संस्थापक सदस्य अष्टमान किसी महर्जनको ६० वर्षको उमेरमा उपचारको क्रममा आज ( पुष १२) सुमेरु हस्पिटल, धापाखेल, ललितपुरमा निधन भएको छ । 

ललितुर जिल्लाको पत्रकारिता विकासको लागि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना व्यक्त्त गरेको छ ।

साथै आजको अर्थ परिवार पनि उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
 

विहीबार, १२ पुस २०८०, १८ : ३८

प्रतिक्रिया