आगजनीमा संलग्न पाँचजना पक्राउ

शुक्रबार, १३ पुस २०८०, १४ : ०२

काठमाडौँ – भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको  गाडीमा आगजनी गर्ने पाँचजनालाई प्हरीले पक्राउ गरेको छ । 
आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
 ‘आन्दोलित युवाको समूहले गाडीमा आगजनी गरेको हो।  हामीले पाँचजना पक्राउ गरेका छौँ। मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ।’प्रवक्ता कडायतले 
 भने, ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाले बिहानदेखि आन्दोलन गरिरहेका थिए। 

शुक्रबार, १३ पुस २०८०, १४ : ०२

प्रतिक्रिया