डीएभी कलेजले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता गर्दै

४ महिना अगाडि

काठमाडौँ-  ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता गर्ने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आगामी माघ १३ गते प्रतियोगिता आयोजना गर्न लागेको हो । 

कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिमलाई रु। ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु। २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । 

 साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु। १५ हजार प्रदान गरिने जानकारी दिएको भनाइ छ ।  उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।

४ महिना अगाडि

प्रतिक्रिया