अपि पावरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

सोमबार, १६ पुस २०८०, ०९ : ३९

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडको पुस २७ गतेका लागि साधारण सभा बोलाएको छ । सभा, बानेश्वर ब्यांकेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनार्थ अपिले बुधबार पुस १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, मंगलबार पुस १७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्छन् । 

सोमबार, १६ पुस २०८०, ०९ : ३९

प्रतिक्रिया