काठमाडौं : हिमालयन डिस्टिलरीले लाभांश वितरण प्रस्ताव पारित गर्न बुधबार पुस २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ।
सभा वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ।
पुस १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । हिमालयन डिस्टिलरीले यसपटक सेयरधनीलाई २५५ लाभांश दिने घोषणा गरिसकेको छ।
गत वर्षको नाफाबाट कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५५ लाभांश दिने निर्णय गरेको हो । गत वर्ष यसले ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया