काठमाडौं- भिजन लुम्बिनी उर्जा कम्पनी लिमटेडले रोजगारको अवसर खुलाएको छ ।
कम्पनीले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो । कम्पनीले प्लान्ट इन्चार्जका लागि १ जना, इलेक्ट्रिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सेमि स्किल असिस्टेन्टमा ४ जना र इलेक्ट्रिकल सेमि स्किल असिस्टेन्टमा ४ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा निर्माण भईरहेको सेती जलविद्युत आयोजनाको लागि कर्मचारी माग गरेको हो । योग्य तथा इच्छुक व्यक्तिले तोकिएको ठेगानामा ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।
विस्तृतमा हेर्नुहोस्

प्रतिक्रिया