कुकुरले चपाएर बरबाद पार्‍यो ५ लाख ३० हजार

३ महिना अगाडि

काठमाडौं- अमेरिका स्थित एक शहरमा घरपालुका कुकुरले आफनै मालिको ४ हजार डलर अर्थात् ५ लाख ३० हजार नेपाली रुपैयाँ खाइदिएको छ।

मालिकले ठेकेदारलाई दिन ठिक्क पारेको उक्त ४ हजार डलर सेसिल नामको कुकुरले खाइदिएको हो। एजेन्सीका अनुसार खाममा डलर राखेर मालिक घरबाहिर गएको र त्यसको करिब ३० मिनेटमा फर्किँदा कुकुरले पैसा खाएर टुक्राटुक्रा पारेको थियो।

७ वर्षको सेसिलले सबै डलर खाइदिएपछि मालिकले कुकुरबाट ३ हजार ५० डलर भने फिर्ता ल्याउन सफल भएकी छिन । उनीहरुले कुकुरले खाएपछि ४५० डलर भने गुमाए। यो समचार हाल अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा चर्चामा रहेको छ । 

३ महिना अगाडि

प्रतिक्रिया