अध्यक्ष शर्माद्वारा श्रमिक बिरोधी संझौता खारेजीको माग

मंगलबार, २४ पुस २०८०, १४ : ४७

काठमाडौं – मलेशियामा नेपाली कामदारहरुको भर्ति प्रक्रिया सहजीकरण गर्ने नाममा श्रमिकहरुमाथि चरम आर्थिक शोषण भएको थाहा हुन आएको छ । नेपाली कामदारहरुको कल्याण गर्ने नाममा वैदेशिक रोजगार बोर्ड र मलेशियास्थित फरेन वक्र्स वेलफेयर सेन्टरबीच भएको संझौता आफैमा राज्यका तर्फबाट श्रमिकहरुउपर गरिने शोषणको एउटा निकुष्ट नमूना भएको माओवादी केन्द्र प्रवास समितिका अध्यक्ष ओम शर्माले आजको अर्थलाई बताएका छन् । 
यस सम्बन्धमा अध्यक्ष शर्माद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारमा जाने श्रमिकहरु विभिन्न मेन पावर कम्पनिहरु , नानाथरी सिण्डिकेट र माफियाहरुबाट चर्को ठगी र शोषणको मार खेपिरहेको सर्वविदितै छ । श्रमिकहरुको शोषण गर्नेहरुमा राज्य मातहतकै वैदेशिक रोजगार बोर्ड, मलेशियास्थित नेपाली दूतावास र श्रम मन्त्रालयको भित्री सेटिङ्गमा यो कार्य हुनु अत्यन्त गम्भीर विषय हो । हाम्रो प्रवास समन्वय समिति र हामी सम्बद्ध संगठन राज्यको यस श्रमिक बिरोधी कदमको घोर निन्दा र भत्र्सना गर्दै उक्त संझौता तत्काल खारेज गर्न जोडदार माग गर्दर्छौं । ’

417404582_405962998523783_381544503327803036_n 

मंगलबार, २४ पुस २०८०, १४ : ४७

प्रतिक्रिया