आफ्नो २४औँ स्थापना दिवस मनाउदै 'इप्पान', ऊर्जा पत्रकारलाई सम्मान गरिने

बुधबार, २५ पुस २०८०, ०९ : ४६

काठमाडौं - नेपालको ऊर्जा क्षेत्रमा गौरवशाली इतिहास बनाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले माघ ४ गते संस्था स्थापनाको २४ औं वार्षिक उत्सव तथा 'इप्पान डे’ मनाउन लागेको जानकारी दिएको छ । 

स्थापना डे को अवसर पारेर संस्थाले विविध कार्यक्रम समेत आयोजना गरेको बताएको छ । सोही अवसर पारेर इप्पानले लामोसमयदेखि ऊर्जा पत्रकारितामा कलम चलाएर नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने एक जना पत्रकारलाई इप्पान वरिष्ठ ऊर्जा पत्रकारिता सम्मान, २०८०’ बाट सम्मान गर्ने बताएको छ । 

'इप्पान डे’ का दिन प्रदान गरिनेउक्त सम्मानका लागि लामोसमयदेखि पत्रकारिता गरेको अनुभव खुल्ने सीभी÷वायोडाटा यहि पुस २९ गतेभित्र इप्पानको इमेलमा वा कार्यालयमा आइपुग्ने गरी पठाउन समेत संस्थाले सम्पूर्ण ऊर्जा पत्रकारहरुलाई अनुरोध गरेको छ । 

बुधबार, २५ पुस २०८०, ०९ : ४६

प्रतिक्रिया