राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट ठुलो परिमाणमा नगद बरामद

बुधबार, २५ पुस २०८०, १० : ४५

काठमाडौँ- ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । 

हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् । 

बुधबार, २५ पुस २०८०, १० : ४५

प्रतिक्रिया