काठमाडौं । वोन्डर्स नेपालले आईपीओ निष्काशन गर्ने भएको छ । पुस २५ गते बसेको कम्पनीको छैटौं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीकै रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादीमा सम्पन्न उक्त वार्षिक सभाले आर्थिक वर्ष २०८०, ८१ को वित्तीय विवरण पारित गरेको हो ।
कम्पनीका प्रोजेक्ट डाईरेक्टरले स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरि रेस्टुरेन्ट र क्लब निर्माण भईरहेको जानकारी दिएको छ। त्यस्तै, सिटी बन्जी जम्प लगायत थप साहसिक गतिविधि विस्तार गरि सेवाको दायरा फराकिलो बनाउदै लैजाने बताएका छन् ।
प्रतिक्रिया