काठमाडौं । कोलगेट 'नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजनबाट बुधबार सुरु भएको छ।
अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको शब्दभण्डार बढाउन गर्न लागिएको हो। कार्यक्रम हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनमा प्रसारण भएको छ ।
अंग्रेजी शब्दको ‘स्पेलिङ’ हिज्जे उच्चारणसम्बन्धी यो कार्यक्रमा माध्यमिक तह ‘११ र १२’ कक्षाका विद्यार्थीहरु सहभागी हुनेछन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न ३५ सहरबाट अडिशनमार्फत छनौट गरिएको छ। पूर्वको इलामदेखि पश्चिमको महाकाली सम्मका ३५ सहरका २८०० कलेजबाट झण्डै ६ लाख विद्यार्थीहरु पहिलो अडिसनमा सहभागी भएका आयोजक महेश पोखरेलले बताएका छन्।
प्रत्येक सहरबाट पहिलो,दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई काठमाडौँ ल्याएर टेलिभिजनबाट प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ। ३५ सहरबाट जम्मा १०५ जनालाई टेलिभिजनबाट प्रतिस्पर्धा गराइने छ।
प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिने छ । विजेताहरुमध्ये प्रथम हुनेलाई ३ लाख, दास्रो हुनेलाई २ लाख र तेस्रो हुनेलाई १ लाख र छात्रवृत्ति प्रदान गरिनेछ ।
सरकारी र निजी बिद्यालय दुवैबाट विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रमको मुख्य प्रायोजक कोलगेट नेपाल रहेको र अडिसनकै क्रममा ८० हजारभन्दा बढीलाई डेन्टल चेकअप गराएको आयोजकले बताएको छ। नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो । २८ साता चल्ने उक्त कार्यक्रम पत्रकार भुषण दाहालले चलाउने छन्।
प्रतिक्रिया