नवौं महाधिवेशनको तयारीमा जापानका प्रवासी नेपालीहरु

शुक्रबार, २७ पुस २०८०, ०९ : ४२

काठमाडौं – नेपाली जनप्रगतिशील मञ्च जापानको नवौं राष्ट्रिय महाधिवेशन यही जनवरी २८ तारीखमा सम्पन्न हुने भएको छ । प्रगतिशील प्रवासी नेपालीहरु एक हौं भन्ने मूल नाराकासाथ सम्पन्न हुन गैरहेको सो महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) प्रवास सम्न्वय समितिका अध्यक्ष ओम शर्मा प्रमुख अतिथि रहने आयोजकले बताएको छ । उक्त कार्यक्रममा प्रवास समन्वय समितिका सह इन्चार्ज लक्ष्मण पन्त पनि सहभागी हुने बताइएको छ ।  

शुक्रबार, २७ पुस २०८०, ०९ : ४२

प्रतिक्रिया